दफा ३१
संयन्त्र नष्ट गर्ने वा निष्क्रिय बनाउने जिम्मेवारी
(१) कुनै संयन्त्र वा रेडियोधर्मी पदार्थ बन्द, नष्ट वा निष्क्रिय बनाउँदा सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ।
(२) इजाजतपत्रवालाले कुनै संयन्त्र स्थायी रुपमा बन्द, नष्ट वा निष्क्रिय गर्नुअघि नियमनकारी निकायको स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम नियमनकारी निकायले स्वीकृति दिँदा संयन्त्र सुरक्षित किसिमले बन्द, नष्ट वा निष्क्रिय बनाउने र त्यसबाट उत्पन्न फोहोरमैलाको व्यवस्थापन गर्नु पर्ने लगायतका अन्य शर्तहरु तोक्नेछ।
(४) उपदफा (२) बमोजिम संयन्त्र बन्द, नष्ट वा निष्क्रिय बनाउन र त्यसबाट उत्पन्न फोहोरमैलाको व्यवस्थापन गर्न लाग्ने खर्च इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ।